संसद विघटनको निर्णयमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

२०७७ पुष १० गते, शुक्रबार

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शक्रबार १२ रिटमाथि एकसाथ सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।
आजको सुनुवाइका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति मगाउने, संसद्मा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने जानकारी पनि माग गरेको छ ।

278 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal