संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिकः गगन थापा

२०७७ पुष ५ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्।
उनले आज ट्वीट गर्दै उनले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान राखिए पनि ओलीले लहडमा संसद विघटनको निर्णय गरिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे व्याख्या भए पनि ३ वर्षअगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’

123 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal