सर्लाहीकाे बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू

२०७८ पुष १५ गते, बिहीबार

र्लाही – सर्लाही ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू भएको छ ।

प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढे पछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो ।

गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ ।

बयलबास बजार क्षेत्रमा अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थिति अझै सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासनले  फेरि  आज  बेलुका ७ बजेसम्मका लागि बयलबास बजार र त्यसको आसपासका क्षेत्रमा  कुनै पनि  जुलुस, भेला  जमघट  हुन नपाउने गरी  निषेधाज्ञा लागू गरेको हो ।

पीडित परिवारलाई राहत स्वरुप  १० लाख रुपैयाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भए पनि पुनःप्रदर्शन  हुनसक्ने भन्दै निषेधाज्ञा लागू गरेको स्थानीय प्रशासनले  जनाएको हाे।

126 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal