सर्लाहीमा जलेर ६६ वर्षीय वृद्धको मृत्यु

२०७८ फाल्गुन २ गते, सोमबार

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ स्थानीय ६६ वर्षीय राम आशिष साहको आज बिहान २ बजेतिर आफ्नै घरको आँगनमा आगोले जलेर ज्यान गएको हो।

वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाए पनि उनलाई बचाउन भने सकेनन्। राति घरमै सुतेका वृद्ध अचानक शरिरमा कसरी आगो लाग्योरु भन्नेबारे केही खुल्न सकेको छैन्। मृतकका दुई छोरा बरहथवा स्थित काठ चिरान मिलमै बसेको बुझिएको छ। वृद्धसँगै परिवारका अन्य सदस्यहरु घरमै सुतिरहेका थिए।

अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपी उमाशंकर प्रसाद यादव नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

49 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal