सामाजिक सञ्जालको दुरुपयोग रोक्न युवा संघले ‘साइबर सेना’ गठन गर्दै

२०७७ फाल्गुन ८ गते, शनिबार

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले संगठनभित्र साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ ।

माघ २५ र २६ गते काठमाडौमा बसेको दोश्रो केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बचन बहादुर सिंहले संगठनभित्र साइबर सेनाको युनिट निर्माण जानकारी दिएका हुन् ।

साइबर सेना प्रत्येक तहको कमिटी प्रणालीमा निर्माण गरिने उनले बताए । उनले उक्त युनिटले संगठनको आचारसंहितभित्र रही काम गर्ने बताए ।

बौद्धिक अराजकताबादीहरुले मुलुकको मार्गचित्रलाई भ्रमित गर्ने कार्य गरेकाले साइबर सेनाको युनिटले त्यसलाई निगरानी गर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जललाई दुरुपयोग गरेर व्यक्तिगत चरित्र हत्या गर्ने काम भएकाले त्यसलाई दुरुत्साहन गर्न पनि युनिट स्थापना गर्न लागिएको उनले बताए ।

त्यस्तै उनले संगठनभित्रको कार्यविभाजनमा एकलौटी र एकपक्षीय नरहेको दाबी गरे । बैठकले नेकपाका नेताहरुलाई जिताउन संक्रिय ढंगले लाग्ने निर्णय गरेको जानकारी दिए ।

संगठनले चैत्र मसान्त भित्र ७७ जिल्ला, सबै संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, सवै स्थानीय तहदेखि वडा कमिटी गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै चैत्र मसान्त भित्र ५ लाख सदस्यता वितरण गर्ने अध्यक्ष सिंहले बताए ।

119 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal