स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न

बिकास भुसाल ,कपिलवस्तु । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यहि फागुन २३ गते बाट ५५ वर्ष माथिका उमेर समुहका नागरिकलाई कोरोना विरुद्ध खोप लगाउन शुरु गरिने जानकारी दिनुभएको छ ।

चन्द्रौटामा आज सम्पन्न चेम्बर अफ कमर्स कपिलवस्तुले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।नेपाल सरकारले खरीद गरी ल्याइएका १० लाख डोज कोरोना विरुद्धको खोप ५५ वर्ष माथिका उमेर समुहका नागरिकलाई लगाउन शुरु गरीने जानकारी दिनुभयो ।खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आम नागरिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले अपिल समेत गर्नुभयो ।

विश्वमा कोरोनाका बिभिन्न प्रकारका खोप उत्पादन भएता पनि नेपालका लागि सबै हिसाबले सुहाउदो खोपको नेपाल सरकारले ब्यवस्थापन गरेकाले स्थानीय पालिका र वडाहरुले सो उमेर समुहका नागरिकको संख्या एकिन गरी पठाएर खोप कार्यक्रम अगाडि बढाउन समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्री त्रिपाठीलाई सम्मान तथा मायाको चिनो प्रदान पछि मन्तव्य राख्दै चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष महादेव पोख्रेलले गरिबीमा गाजिएको मुलुकमा पनि यस महामारीका विच द्रुत गतिमा कोरोनाको खोप लगाउन शुरु गारेकोमा प्रसंशा गर्दै स्वास्थ्य मन्त्री र नेपाल सरकार लाइ धन्यवाद दिनुभयो । सोही कार्यक्रममा मन्त्री त्रिपाठीलाई नेपाल स्वास्थ्य प्राबिधिक संघ कपिलवस्तुले समेत सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, पुर्व मन्त्री ईश्वरदयाल मिश्र ,राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तु सभापति बिष्णु प्रसाद खतिवडा ,नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला अध्यक्ष लेखनाथ पौडेल , राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश सदस्य बिष्णु बहादुर क्षेत्री , संजीवनी सामुदायिक अस्पताल चन्द्रौटाका अध्यक्ष टोपलाल पोखरेल लगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, बरिस्ठ उपाध्यक्ष जगत प्रसाद पौडेलको स्वागत र महासचिब गोपाल बन्जाडेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।