हङकङको सञ्चार संस्था स्ट्याण्ड न्युज बन्द, सात जना पत्रकार पक्राउ
२०७८ पुष १५ गते, बिहीबार

काठमाण्डाै । हङकङको सञ्चार संस्था स्ट्याण्ड न्युज बन्द भएको छ ।
प्रहरीले छापा मारेर पत्रकारसहित शीर्ष कर्मचारीलाई गिरफ्तार गरेपछि स्ट्याण्ड न्युजले आफ्नो सेवा बन्द गरेको हो ।
प्रहरीले स्ट्याण्ड न्युजका सातजना पत्रकारलाई पक्राउ गरेको छ । देशद्राेही समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
हिजो स्ट्याण्ड न्युजको कार्यालयमा छापा मार्न २ सय जनाभन्दा धेरै प्रहरी पुगेका थिए।
58 Views