२४ घण्टामा ५२२ जना संक्रमित, ८ जनाको मृत्यु
२०७७ पुष २१ गते, मंगलवार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५२२ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट ४ हजार ५५१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६२ हजार ७८४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५५ हजार ६६६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८९३ जना पुगेको छ ।
99 Views