आफ्नो बेग्लै पहिचान बनाउँदै रोक्का

२०७७ पुष १७ गते, शुक्रबार

गणेश जि.सी.
काठमाडौं । लायन्स इन्टर्नेस्नल डिस्ट्रीक ३२५ बी १ को लायन बर्ष २०२०÷२१को डिस्ट्रीक गभर्नर मनबहादुर रोक्काले आफ्नो कार्यभार २०२० को जुलाई पहिलो साता सम्हाल्नु भएको हो । ‘नेचर द फ्यूचर’ को स्लोगनबाट आफ्नो कार्यकाल सुरु गर्नु भएको रोक्काले सेवा क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउनु भएको छ । आफ्नो कार्यकालको सुरुवातकै अबस्थामा आफ्नो डिस्ट्रीकलाई विश्वसामु चिनाउन सफल हुनु भएको थियो । आफ्नो कार्यकालको छैटौं महिनासम्म आउदा १०६ वटा नया क्लबमा २४नया सद्स्य अबmउबष्नल १०० मा ५२ सदस्य थप एनआइएफ मा करिब २० लाख पढाउ अभियानमा १८लाख ७५ हजार, टियू ब्लड बैंकमा ३० नया सदस्य सेवा र सहयोगका ७ हजार भन्दा बढी कार्य गर्नुका साथै ४६१२ जना नया सदस्य आफ्नो डिस्ट्रीक ल्याउन सफल भएको जानकारी दिनु भएको छ ।


कोरिनाको महामारीमा आफ्नो कार्यकाल सुरु गर्नु भएको रोक्का ले ‘मेरो क्लब बलियो क्लब’ भन्ने नाराका साथ सेवा र सदस्य वृद्धिमा उल्लेखिय प्रगति भएको उहाले जानकारी गराउनु भएको छ । आगामी दिनमा पनि जहाँ आवश्कता त्यहाँ लायन्स भन्ने अवधारणा अनुसार आफ्नो डिस्ट्रीक सेवा र सदस्य वृद्धिमा उत्कृष्ट बनाउने डिस्ट्रीक गभर्नर रोक्काले जानकारी दिनु भयो ।

262 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal