२०७७ फाल्गुन ४ गते, मंगलवार

अनमिका राइ , इलाम । इलाममा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–८ तिल्केनीमा गोलाखर्क जाँदै गरेको मे १ ह ३०२२ नम्बरको टेम्पो सोमबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पो चालक इलाम–९ का २० वर्षीय अविकल सुन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टेम्पोमा सवार २० वर्षीय सचिन सुन्दास घाइते भएका छन् ।

186 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal